मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा आयोजक कालिदह एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा तिल्केनी एफसीलाई १-० ले स्तब्ध पार्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

कालिदहलाई जित दिलाउन सन्दिप लिम्बुले निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सन्दिप खेलको म्यान अफ दि म्याच भए । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार धोबेनी एफसी र हिमालयन एफसीबीच खेल हुनेछ ।  कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोली सहभागी छन् ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष नबिन लिङ्देनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *