इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो ।
उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए र अन्तिममा सरोज कार्की ले १ लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए ।
उनले आफू पहिला देखि म्यानचेष्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि लाख माथि खर्च गरेको बताए ।
