एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । 

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली मंगलबार नै सिंगापुर प्रस्थान गरेको थियो । नेपाल र सिंगापुर सन् १९८९ पछि आज आमनेसामने हुन लागेका हुन् ।

यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार खेलमा नेपाल जितविहीन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ भने नेपाल त्यसको १५ स्थान तल रहेको छ । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसका लागि यो पहिलो खेल हुनेछ ।

प्रशिक्षक म्याटले उक्त खेलका लागि गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास वम ठकुरीलाई नयाँ अनुहारका रूपमा टोलीमा समेटेका छन् ।

नेपाली टोली:

गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डरः  रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान

फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *