काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गतेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुटार सावित्रालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
सम्मान समारोहमा सावित्रा अनुपस्थित रहदा उनका बुबालाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा सरकारले अन्य विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान दिएका ९ जना व्यक्तिहरुलाई पनि सम्मानित गरेको थियो ।
सावित्राले नेपालको राष्ट्रिय महिला टोलीबाट खेल्दै सार्वधिक ५८ गोल गर्न सफल भएकी छिन् । अहिले सावित्रा फ्रान्सको अभान्ट गवेन्ग्याम्पबाट शीर्ष श्रेणीको फुटबल खेलिरहेकि छिन् ।
