सिरी ए मा युभेन्टसको सहज जित

२०८१, २० फाल्गुन मंगलवार ०७:५६

इटालियन सिरी ‘ए’ फुटबलमा सोमबार युभेन्टसले भेरानमाथि २–० को सहज जित निकालेको छ ।

अलियान्ज स्टेडियममा भएको खेलमा युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदानमा लगातार चार खेल जित्ने कीर्तिमान पनि बनाएको छ ।

पहिलो हाफ गोलरहित सकिए पनि जुभेन्टसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ७२औं मिनेटमा क्याम्बियासोको क्रसलाई थुरामले पेनाल्टी क्षेत्र नजिकैबाट सुन्दर फिनिस गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

निर्णायक गोल खेलको अन्तिमतिर ९०औं मिनेटमा आयो । कूपमाइनर्सले म्बान्गुलुको पासलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोल गरेपछि युभेन्टसलाई २–० को जित दिलाए ।

जितसँगै युभेन्टस २७ खेलबाट ५२ अंक जोडेर तालिकाको चौथौं स्थानमा उक्लिएको छ । समान खेलमा २६ अंक बटुलेको भेरोना १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *