नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीका पदाधिकारीलाई विदेश जान रोक्न भनि सरकारले गरेको पत्राचारप्रति खेद प्रकट गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको उक्त कार्य निन्दनिय भएको भन्दै सरकारले नागरिकको संवैधानिक र मानव अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् ।
अध्यक्ष श्रेष्ठले गत फागुन ११ गते राष्ट्रिय खेलकुद परिषदले ओलम्पिक कमिटीमा निर्वाचन भएका पदाधिकारीहरुलाई वैदेशिक भ्रमणप्रति रोक लगाएको प्रति आपत्ति प्रकट गरेका छन् । साथै विशेष र गम्भिर अवस्थामा मात्रै अधिकार प्राप्त अधिकारीले विदेश भ्रमणमा रोक लगाउने सक्ने अन्यथा रोक लगाउन नमिल्ने समेत खुलासा गरेका छन ।
त्यस्तै अध्यक्ष श्रेष्ठले तोकिएको कसुरविना कुनैपनि व्यक्तिलाई रोक्ने कार्य गर्नु निरङ्कुस र तानाशाही चरित्र भएको भन्दै खेलकुद क्षेत्रमा सरकारले प्रत्यक्ष हस्तक्षेप गरेकोमा यसको एनओसी घोर निन्दा र भर्सना गरेका छन् ।
