किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा लेगानेसलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा रियल रेलिगेसनबाट जोगिन संघर्षरत लेगानेसलाई ३-२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल गर्दा अर्को गोल जुड बेलिङ्ङ्घमले गरे । लेगानेसका लागि डिएगो गार्सिया र दानी राबाले गोल गरे ।

खेलको ३२औं मिनेटमा एमबाप्पेको पेनाल्टीमा रियलले अग्रता लियो । त्यसको २ मिनेटमा नै गार्सियाले बराबरी गोल फर्काए ।

४१औं मिनेटमा राबाले गोल गर्दै लेगानेसलाई अग्रता लियो । ४७औं मिनेटमा बेलिङ्ङ्घमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा एमबाप्पेले गरेको अर्को गोल निर्णायक बन्यो।

तालिकाको दोस्रो स्थानमा रहेको रियल र शीर्ष स्थानको बार्सिलोनाको समान ६३ अंक भएको छ । रियलले एक खेल बढी खेलेको छ । लेगानेस तालिकामा पुछारबाट तेस्रोमा छ।

अन्य खेलमा रायो भालोकानोले अल्भासलाई २-० ले, रियल सोसिडाडले भालाडिलोमाथि २-१ ले हरायो । इस्पानियल र एथलेटिको मड्रिड १-१ को बराबरीमा रोकिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *