इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सहज जित हासिल गरेको छ ।

सोमबार विहान भएको खेलमा मियामीले ह्युस्टन डायनामोमाथि ४-१ को सहज जित निकालेको हो ।

डायनामोको घरेलु मैदानमा भएको खेलमा मियामीलाई जित दिलाउन टेलेस्को सेगोभियाले दुई तथा लुइस स्वारेजले एक गोल र तीन असिस्ट गरे । यस्तै अर्को एक गोल टाडियो एलेन्डेले गरे ।

पराजित डायनामोका लागि निकोलस लोडेइरोले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सोगोभियाले गोल गर्दै मियामीले अग्रता दिलाएका थिए । ३७औं मिनेटमा एलेन्डेले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा सोगोभियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७९औं मिनेटमा स्वारेजले गोल गर्दा मियामी ४-० ले अगाडि बढ्यो ।

लोइरोले ८५औं मिनेटमा गरेको गोल डायनामोका लागि एक गोल फर्काए । इन्जुरी समयमा इयान फ्रेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटिएको थियो ।

मियामीका स्टार खेलाडी लिओनल मेसी टोलीसँग थिएनन् । मियामीले ह्युस्टनविरुद्ध पछिल्ला तीन खेल गुमाएको थियो । तर, यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको शृंखलामा पूर्णविराम लगाएको छ ।

मेसीले सिजनको पहिलो खेलमा असिस्ट गर्दै एमएलएस इतिहासमा सबैभन्दा छिटो ४० गोल योगदान (२१ गोल, १९ असिस्ट) पूरा गरेका थिए । ह्युस्टन डायनामोले यस खेल्न मेसी नउत्रिएकाले समर्थकहरूलाई अर्को खेलमा निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ ।

जितसँगै दुई खेलमा चार अंक जोडेको मियामी इर्स्टन रिजनको तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको डायनामो वेर्स्टन रिजनको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *