इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमै एसी मिलान पराजित भएको छ ।

आइतबार घरेलु मैदान सान सिएरोमा भएको खेलमा मिलान लाजियोसँग २-१ ले पराजित भएको हो ।

लाजियोको जितमा माटिया जाक्काग्नी र पेड्रोले एक-एक गोल गरे । मिलानका लागि स्यामुएल चुकवेजले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा जाक्काग्नीको गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा स्ट्राहिन्जा पाव्लोभिचले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।

चुकवेजले ८४औं मिनेटमा मिलानका लागि बराबरी गोल गरेपनि इन्जुरी समयमा पेड्रोले पेनाल्टीमा गोल गर्दै लाजियोलाई २-१ को जित दिलाए । 

जितसँगै २७ खेलमा ५० जोडेको लाजियो चौथो स्थानमा छ । पराजित मिलान समान खेलबाट ४१ अंकका साथ नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *