केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताका विधागत उत्कृष्टले नगद पुरस्कारसँगै यामाहाको मोटरसाइकल पनि पाउने भएका छन् ।

आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्रदान गर्न लागिएको हो । 

यसअघि नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने घोषणा भइसकेको थियो ।

प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । 

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *