फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले सहज जित हासिल गरेको छ ।
शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले अल्वानियामाथि २-० को सहज जित हासिल गरेको हो ।
वेम्बली रंगशालामा घरेलु टोली इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे ।
खेलको २०औं मिनेटमा नै जुड बेलिङ्ङ्घमले दिलाएको पासमा मायल्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
७७औं मिनेटमा कप्तान केनले टोलीको अग्रता दोब्बर पारे । त्यो उनको खेल जीवनको ७०औं अन्तर्राष्ट्रिय गोल गरे । अल्वानियाले केहि सिर्जना गरेपनि गोल गर्न सकेन ।
युरोपेली छनोटअन्तर्गत गएरातिका अन्य खेलमा लात्भियाले एन्डोरालाई १-० ले र फिनल्यान्ड माल्टालाई १-० ले हरायो ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ ।
