इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग ४-० को फराकिलो अन्तरले पराजित भएको हो ।
एलियान्ज रंगशालामा पाहुना टोली एटलान्टालाई जित दिलाउन माटेओ रेटेगुड़, मार्टेन डे रुन, डेभिड जप्पाकोस्टा, अडेमोला लुकम्यानले गोल गरे ।
खेलको २९औं मिनेटमा रेटेगुइले पेनाल्टीमार्फत गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआतमै रुनले टोलीको अग्रता दोब्बर बनाए ।
जाप्पाकोस्टाले ६६औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । १० मिनेटपछि नै लुकम्यानले गोल गर्दै एटलान्टालाई ४-० को फराकिलो जित दिलाए ।

युभेन्ट्स सन् १९६७ पछि पहिलोपटक घरेलु मैदानमै ४-० गोलअन्तरले पराजित भएको हो । युभेन्ट्स ५८ वर्षअघि २२ अक्टोबर सन् १९६७ मा टोरिनोसँग ४-० ले घरेलु मैदानमै पराजित भएको थियो ।
जितसँगै एट्लान्टा २८ खेलबाट ५८ अंकका साथ लिगको तेस्रो स्थानमा छ । लज्जास्पद हार ब्यहोरेको युभेन्ट्स भने २८ खेलबाट ५२ अंकका साथ लिगको चौथो स्थानमा यथावत छ ।
शीर्ष स्थानमा रहेको इन्टर मिलानको समान खेलबाट ६१ अंक छ ।