वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र वडा नम्बर २ बिच भिडन्त हुने निश्चित भएको छ ।

आइतवार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ९ लाई १-० गोलले पराजित गर्दै वडा नम्बर ५ ले उपाधि भिडन्तका लागि स्थान बनाएको हो ।

खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नम्बर ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।

वडा नम्बर ५ र वडा नम्बर २ बिच हुने फाइनल खेल बुधवार हुनेछ । लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलवार अन्तिम तेस्रो टिम छनोटका लागि वडा नम्बर ९ र वडा नम्बर १० बिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार , उपबिजेताले १ लाख १ हजार र तेस्रो हुने टिमले ५१ हजार र चौथौ हुनेले २५ हजार प्राप्त गर्ने छ । प्रतियोगिता ३ पटक बिजेता हुने टिमले सुन्दर चादिको ट्रफि स्वामित्वमा रहनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *