जेलेस्पीजंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ ।
सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले १-० को जित निकालेको हो ।
नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन् ।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो । नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन् ।
५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७-० ले पराजित गरेको थियो । त्यसअघि भएको दुई भेट १९८२ र १९८९ मा पनि नेपाल क्रमशः २-० र ३-० ले पराजित हुन पुगेको थियो ।
सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किड्स कपको रहेको थियो । तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान १६०औं स्थानमा रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो ।
योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
