नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो संस्करणका लागि सेनेगलका विंगर अमाडो डिओपलाई अनुबन्ध गरेकाे छ ।
सेनेगलका विंगरलाई काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।
यसअघि काठमाडौंले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे र सेनेगलका गाेलकिपर चेइख गुएयलाई अनुबन्ध गरेको थियो ।
काठमाडौंले रोहन कार्की खेलाडीका रूपमा यसअघि नै अनुबन्ध गरिसकेको छ । काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक भने बेल्जियमका प्याट्रिक डे विल्डे छन् ।
एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।
