बागमती प्रदेशले लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ ।
बागमती क्रिकेट संघले बिहीवार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो ।
आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
बागमती प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै एपिएफ क्लबसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
बागमतीको टोली:
पृथु बास्कोटा(कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सुर्य तामाङ, ऋत गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर
