नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज टोली काठमाडौं रेजर्सले एफसीले तेस्रो सिजनका लागि सिएरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो । ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ ।

अहिले उनी अमेरिकी दोस्रो डिभिजन युएसएल च्याम्पियनसिप खेलिरहेका छन् । उनको क्लब बर्मिङ्घम लिजियन हो ।

उनी सन् २०१७ मा सिएरा लियोनको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोलीमा परेका थिए । उनले सन् २०१८ मा इथियोपियासँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

टुरे यही साता नेपाल आइपुग्ने काठमाडौं रेजर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *