लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो ।
यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ।
डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो ।
लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो ।
पिएसजीले पहिलो हाफमा खेलको नियन्त्रण गर्यो । लिभरपुल दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । तर आफ्नो अवसरलाई सदुपयोग गर्न सकेन ।
१-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो ।
यसैबीच, आइतबार न्युक्यासलविरुद्धको काराबाओ कप फाइनल अघि लिभरपुलले डिफेन्समा चोटको संकट बेहोर्नु परेको छ । ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड र इब्राहिमा कोनाटे चोटका कारण मैदानबाट बाहिरिनु पर्यो ।
पिएसजीले अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका निम्ति क्लब ब्रुग र एस्टन भिल्लाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
