बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने । बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो। यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे ।
तर, त्यो खुसी लामो समय टिकेन । बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्यो । आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे ।
यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनाए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे ।
यसअघि, पहिलो लेगमा बार्सिलोनाले १–० को जित निकालेको थियो । बार्सिलोनाले अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका निम्ति बोरुसिया डर्टमन्ड र लिलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
