जावलाखेल । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न महिलातर्फको फाइनलमा निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै च्याम्पियन बनेको हो ।

निलकण्ठले २५-१५ २५-२३ तथा २७-२५ ले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै निलकण्ठले दुई लाख पायो भने उपविजेता महालक्ष्मीले एक लाखमा चित्त बुझायो ।

पुरुषतर्फ आयोजक ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमा कब्जा जमायो । ललितपुरले पहिलो सेट, २५-१७, दोस्रो सेट, २५-२० र तेस्रो सेटमा २५-१७ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै, पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुरले तेस्रो स्थान हासिल गर्यो । मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६ र २५-२२ को स्कोरमा हराउँदै तेस्रो भयो भने महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई हराउँदै तेस्रो भयो ।

प्रतियोगिताको विजेताले दुवैतर्फले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजारमा प्राप्त गरे । यहि चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो भने पुरुषतर्फ १४ टिमको सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *