राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदका लागि शुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् ।

मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङ‌ले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे ।

राखेपले सन् २०२६ मा जापनमा आयोजना हुने २० औ एशियाली खेलकुद (एशियाड) मा स्वर्णसहित दोहोरो पदकका लागि सन्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामुहिक प्रयास आवश्यक हुने बताए । उनले प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन समेत दिएका छन् ।

कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता वृद्धि हुदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे ।

राखेपले सन् २०२६ मा जापानमा आयोजना हुने २० औं एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उदेश्यसहित विशेष प्रशिक्षण सन्चालन गर्दै आएको छ। हाल ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक दिपक विष्टले जानकारी दिएका छन् ।

विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, जुडो, कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *