भेट्रान पदक विजेता सम्मानित

२०८१, १६ चैत्र आईतवार १७:२८

काठमाडौं । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।

कृष्णप्रसाद सिग्देलले पुरुष ५५-६० वर्षको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०-८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५-६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *