राजीवविक्रम शाहको संयोजकत्वमा १७ सदस्यीय नेपाल एथलेटिक्स संघ, तदर्थ समिति गठन गरिएको छ ।
समितिले ३ महिना भित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नु पर्ने छ ।
समितिको सदस्यमा कोमल ओली, सन्जिव तुलाधर, सन्तोषकुमार ढकाल, शैलेन्द्र खनाल, पर्लिता राणा मल्ल, मोहन घले, आरके विष्ट, दिलबहादुर बम, शिव आचार्य, राजबहादुर गुरुङ, तेजेन्द्र थापा, अनिरुध चौधरी, अन्जु चौधरी, जियाबुल अक, नन्दु कौचा र जगतसिंह धामी रहेका छन् ।
