भरौल । सुनसरीको भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा भारतको कञ्जनजंगा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार वराहक्षेत्र-५ भरौलमा रहेको जडेज माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक न्यु स्टार क्लबलाई १-० गोलले स्तब्ध बनाउँदै कञ्जनजंगा अन्तिम चारमा प्रवेश गरेको हो ।

कञ्जनजंगालाई जित दिलाउन अरुण तामाङले निर्णायक गोल गरे । उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच पनि अरुण नै घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले ट्रफी र नगद हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तर्गत बुधबारको तेस्रो क्वाटरफाइनल खेल आर.टि. एफसी मलेसिया र हनामी भरतपुर फुटबल क्लब चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ तथा उपविजेता हुने टोलीलाई २ लाख रुपैयाँसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही १०-१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *