विराटनगर । टीएफसी तालतलैया इटहरीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फ्यूजन फुटबल क्लब गाइघाट विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा फ्युजनले तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

उदयपुरको जितमा रितेश तामाङले दुई तथा सुनिल खड्का, दिपक मगर र दिवस राईले समान एक गोल गरे । तालतलैयाका लागि सुजन मगरले एक गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच उदयपुरका रितेश तामाङ घोषित भए । उनले नगद २ हजार रुपैयाँ पाए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइनल खेल घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बल मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *