कालाबन्जर (सुनसरी ) । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुडी (भारत) लाई २–० ले हराउँदै फाइनलमा पुगेको हो ।

वराहक्षेत्र-५ कालाबन्जरस्थित श्री भरौल जडेज खेल मैदानमा भएको खेलमा पुलिसलाई जित दिलाउन हेम तामाङ र बिकास बिकले गोल गरे ।

खेलको म्यान अफ द म्याच पुलिसका बिबेक पाण्डे घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

अब पुलिसले शनिबार उपाधिका लागि द ब्रदर्श क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ ।

न्यु स्टार क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोली सहभागीता रहेको थियो । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ तथा उपविजेता हुने टोलीलाई २ लाख रुपैयाँसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही १०-१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *