फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियामाथि पुनरागमन जित हासिल गरेको छ ।

ब्राजिलले शुक्रवार बिहान कोलम्बियालाई २-१ ले पराजित गरेको हो । १-१ को बराबरीको स्थितिमा इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो ।

ब्राजिललाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे । कोलम्बियाका लागि भने लुइस डियाजले १ गोल गरे ।

राफिन्हाले छैटौं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४१औं मिनेटमा डियाजले कोलम्बियाका लागि गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

इन्ज्युरी समयको नवौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै ब्राजिल १३ खेलमा २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया समान खेलमा १९ अंकका साथ छैठौं स्थानमा छ । त्यस्तै, शुक्रवारै भएका अर्को खेलमा पराग्वेले चिलीलाई १-० ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *