लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
आज नेपाल मधेस प्रदेश र नेपाल पुलिस क्लबबिच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुँदै छ ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अङ्क हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबिच हुँदै छ । सिद्धार्थनगर रङ्गशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ ।
जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने कोसी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।
