प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुदुरपश्चिम प्रहरी कार्यालय टिमलाई १०९ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

सुदुरपश्चिमले टस जितेर पहिले बलिङ रोजेको खेलमा लुम्बिनीका युबराज सेन ओलीको ४७ बलमा ८१ रनको मद्दतले १९.२ बलमा अलआउट हुँदै १७५ बनाएको थियो ।

जसमा दिपेन्द्र थापा २३ बलमा ३२ रन बनेका थिए । सुदुरपश्चिमका बलर पशुपति मल्लले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिएका थिए ।

जबाफी ब्याटिङमा गरेको सुदुरपश्चिमले १३.१ बलमा ६६ रनमा अल आउट भएको थियो ।

उसका लागि सुरेश सिंह पुजार १२ र पशुपति मल्ल १० रन जोड्नु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन नसकेपछि लुम्बिनी १०९ रनले विजयी भयो ।

लुम्बिनीका बलर अनुप कुमार निषादले ४ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ४ विकेट र रबिन गौडेल २ ओभरमा ११ रन दिएर ३ विकेट लिन सफल भएका थिए । लुम्बिनीका युबराज सेन ओली प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनल खेलमा मधेस प्रदेश प्रहरी कार्यालय टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमविरूद्द १२ रनले जित हासिल गर्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेसले संजय साहको ४८ बलमा ३९ रनको सुझबुझ ब्याटिङ र मुनाल यादवको २९ बलमा ५४ रनको अर्धशतक प्रेरित २० ओभर खेल्दै १४९ रन बनाएको थियो जसमा २० रन अतिरिक्त प्राप्त गरेको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका बलर चन्द्रदेव जोशीले ४ ओभरमा २२ रन दिएर २ विकेट प्राप्त गरे भने राजन भट्टराईले ४ ओभरमा १७ रन दिएर २ विकेट प्राप्त गरेका थिए ।

जबाफी ब्याटिङमा थालेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका ब्याटरहरु चल्न नसक्दा २० ओभर खेलेर ९ विकेटको क्षति १३७ रन मात्र बनाउन सक्यो ।

उसका लागि हेमन्त सिंहले २८ रन, चन्द्र देव जोशीले २० रन बनेका थिए ।

मधेसका बलर अजय ठाकुरले ४ ओभरमा १६ रन दिएर ३ विकेट, संजय साह ४ ओभर २४ रन १ विकेट र दिपेश रायले ३ ओभर २० रन १ विकेट प्राप्त गरेका थिए । उक्त खेलको प्लेयर अफ द म्याच संजय साह भएका थिए ।

प्रतियोगिताको फाइनल शनिबार बिहान ९ बजे मधेस र लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *