प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) सँग प्रतिस्पर्धा गर्दैछ ।
आर्सनलले पिएसभी आइन्डहोभन तथा एस्टन भिल्लाले ब्रुगको सामना गर्नेछ । साविक विजेता रियल म्याड्रिडले नकआउट चरणको प्ले अफमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो ।
रियलले ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग खेल्नेछ। जर्मन डर्बीमा बायर्न म्युनिखले बायर्न लेभरकुसेनबीच प्रतिस्पर्धा हुनेछ ।
सन् २०१८-१९ पछि लिभरपुल र पिएसजीबीचको पहिलो भेट हुँदैछ। यि दुई टोलीको विजेताले क्वार्टरफाइनलमा एस्टन भिल्ला वा क्लब ब्रुगको सामना गर्नेछ ।
आर्सनलले पिएसभीलाई पराजित गरको खण्डमा १५ पटकको रेकर्ड विजेता रियल वा एट्लेटिकोलाई प्रतिद्वन्द्वीको रूपमा भेटाउनेछ । लिभरपुल र पिएसजीबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
पिएसजी प्रतियोगिताबाट बाहिरिने स्थितिमा थियो। तर अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा १५औं स्थानमा रहेर अन्तिम १६ मा थियो ।
पिएसजीसँग ओस्मान डेम्बेले रहेका छन् । उनी लिगको उत्कृष्ट स्कोररमध्ये एक हुन् । जारी सिजनमा उनले ६ गोल गरिसकेको छ ।
लिभरपुलले फ्रेन्च क्लब विरुद्ध पछिल्ला ५ अवे खेल जित्न सकेको छैन । यदि लिभरपुलले लुइस एनरिकेको टोलीलाई हराए अप्रिलमा उनीहरूको सामना प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग हुनेछ । यसको लागि एस्टन भिल्लाले बेल्जियन च्याम्पियन क्लब ब्रुगलाई हराउनुपर्नेछ ।
आर्सनलको प्रतिद्वन्द्वी पिएसभी आइन्डहोभेन साविक डच च्याम्पियन हो । जसले जनवरीमा लिभरपुलको कमजोर टोलीलाई ३-२ ले पराजित गर्दै समूह चरणमा १४औं स्थान हासिल गरेको थियो ।
आर्सनलले च्याम्पियन्स लिगको समूह चरणमा पिएसभीलाई तीन पटक हराइसकेका छ । जसमा पछिल्लो जित गत सिजनको ४-० को फराकिलो अन्तरको हो ।
भिल्ला र क्लब ब्रुगको खेल नेपाली समयअनुसार राति ११: ३० र बाँकी खेल राति १:४५ बजे सुरु हुनेछ ।
