नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौंले तेस्रा संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार सार्वजनिक गरेको हो । जर्सीको रङ्ग रातो र सेतो रहेको छ।
काठमाडौँ रेजर्सका मालिक, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डलगायतले एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरे ।
काठमाडौ पहिलो संस्करणको विजेता हो । एनएसएलको तेस्रो संस्करण यही चैत १६ गते शनिबार देखि सुरु हुँदैछ । जहाँ काठमाडौं रेजर्ससहित ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । रोहन कार्की मार्की रहेको काठमाडौंले यसअघि नै मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डलाई अनुबन्ध गरिसकेको छ ।
काठमाडौं रेजर्सको टोली:
गोलकिपर : अभिषेक बराल, मौसम मगर, चेइख गुएय
डिफेण्डर : कुलदिप कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, पुष्कर खड्का, बकारी माने, अलीजोन अलिजोनोभ
मिडफिल्डर : रोहन कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, भरत चौधरी, पेम्बा दोर्जी लामा, भिन्सेन्ट कोजिएला, अमदोउ डिओप
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चापागाईँ, मोहम्मद बुया तुरे
