एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

मलेसियाको इब्राहिम सुल्तान स्टेडियममा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बाट शुरु हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पछिल्लो दुई खेलमा अपराजित छ । नेपालले यसअघि अफगानिस्तान र सिंगापुरविरुद्ध समान १–० को जित निकालेको थियो । नेपाली टिम आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । मलेसिया फिफा वरीयताको १३२औं र नेपाल १७५औं स्थानमा छ । वरीयताको आधारमा आफूभन्दा बलियो मलेसियालाई नेपालले अहिलेसम्म हराउन सकेको छैन ।

नेपालको सुरुवाती ११:
किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जिलेश्पीजंग कार्की, एरिक बिष्ट, लाकेन लिम्बू, सुमित श्रेष्ठ, आयुश घलान, मनिष डांगी, रोहित चन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *