हेटौंडा । २६२औं सेना दिवसको अवसरमा मध्य पृतना, हेटौंडाद्वारा आयोजित मिड डिभिजन एड्‌भेन्चर च्यालेन्ज २०८१ मा खुला स्पर्धाको श्री गोरखबहादुर गणले जितेको छ ।

रविनकुमार खत्री, सकलदीप मण्डल, यमुना कटुवाल र गीता विकको टिमले ४.५ किमिको स्पिडबेस अब्स्ट्याकल कोर्स २५ मिनेट १३ सेकेन्डमा पूरा गर्दै गोरखबहादुर गणलाई सफलता दिलाएका हुन् । इन्द्रकुमार नेम्बाङ, रमेश लिम्बू, विशाल राई र मिलन राईको टिम नेपाल डार्ट सेन्टर, काठमाडौं २६ मिनेटमा दूरी पार गर्दै दोस्रो भयो ।

डार्ट सेन्टरलाई कडा चुनौती दिएको श्री कालीप्रसाद गण २७ मिनेट ८ सेकेन्डासाथ तेस्रोमा रह्यो । कालीप्रसाद गणको टिममा सन्दीप खत्री, हिरा खड्का, दिलीप श्रीस र छविलाल सुनार रहेका थिए । यो खुला स्पर्धामा दौड, १२ वटा वात्रा (अब्स्टकल), हिलो र सामरी खोला पार गर्नुपर्ने चुनौती पन्छाउँदै गोरखबहादर गणले २० हजार, डार्ट सेन्टरले १५ हजार र कालीप्रसाद गणले १० हजार रुपिया पुरस्कार प्राप्त गरे ।

खुलातर्फ विभागीय टिम आर्मी, सशस्त्र र पुलिसका ११ टिम तथा अन्य २४ गरी कुल ३५ टिम सहभागि थिए । मकवानपुरका १९ र चितवनका दुई गरी कुल १९ टिमले स्कुल स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । २.५ किमिको स्कुल स्पर्धामा सैनिक आवासीय महाविद्यालयको दुई टिमले शीर्ष दुई स्थान हालि गरेभने जनज्योति मावि तेस्रोमा रह्यो ।

इभेन्ट कोअर्डिनेटर रहेका सहायक रथी सुवासजंग थापाले भने, ‘सैनिक फिटनेसको अनुभवलाई आर्मी दिवसको उपलक्ष्यमा नागरिक समाजको नयाँ पुस्तालाई पनि प्रेरित गर्नका निम्ति डिजाइन गरिएको यो सफतापूर्वक सम्पन्न भयो ।’ रेस डिरेक्टरको रुपमा सेनानी राजीवन चन्द रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *