आशिष कम्तिमा एक वर्ष मैदान बाहिर रहने

२०८१, २३ फाल्गुन शुक्रबार ०७:५१

नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राई कम्तिमा एक वर्ष मैदान बाहिर रहने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते भएको चिनियाँ युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलको दौरान आशिष गम्भीर घाइते भएका थिए ।

खेलको पहिलो हाफको ३७ औं मिनेटमा युनानका मोरी मेडलेले आशिषलाई ट्याकल गरेका थिए । त्यसपछि मैदानमा ढल्न पुगेका आशिषलाई स्टेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो ।

लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटलमा लगिएको थियो। हस्पिटलमा लगिएपछि उनको खुट्टा भाँचिएको पुष्टि भएको थियो । नको बायाँ खुट्टाको नली तीन ठाउँमा भाँचिनुका साथै स्टार हस्पिटलमा उपचार सम्भव नहुने भएपछि बि एन्ड बी हस्पिटलमा ‘रिफर’ गरिएको थियो ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना भएको उक्त मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो । उनको उपचारमा संलग्न अर्थोपेडिक सर्जन तथा डाक्टर अमित जोशीका अनुसार आषिशको शल्यक्रिया सफल भएपनि उनी एक वर्ष मैदान बाहिर रहने भएका हुन् ।

‘आषिशको बायाँ खुट्टाको बहुपरक हड्डी भाँचिएको थियो, जसले गर्दा उनको ‘रिकभरी’ हुन लामो समय लाग्ने भएको हो, डाक्टर अमितले भने, ‘आशिष अहिले चिकित्सकीय निगरानीमा छन् ।’

चिकित्सकका अनुसार आशिषको अहिलेसम्म प्राइमरी उपचार सकिएको छ । उनको खुट्टामा रड राखिएको छ । भाँचिएको हड्डी जोडिएपछि मात्र त्यो रड निकाल्न मिल्ने डाक्टर अमितले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *