नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश योन्जनले गोल गरे । नवयुगले १९औं र दिनेशले ८१औं मिनेटमा गोल गरेका हुन् । आज हुने दोस्रो क्वाटरफाइनल खेल आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच जारी छ ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *