अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि टिकट मूल्य दोब्बरले वृद्धि गरिएको छ ।
नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेलका लागि भिआईपीतर्फ २ हजार र साधारणतर्फ १ हजार रुपैयाँ तोकिएको हो ।
यसअघि भएको लिग चरण अन्तर्गतको खेलहरुमा साधरणतर्फ ५०० रुपैयाँ रहेको थियो भने भीआईपीतर्फ १ हजार रुपैयाँ रहेको थियो ।
दशरथ रगंशालमा हुने फाइनल खेल बुधबार बेलुका ६ बजेबाट सुरु हुने छ ।
