हाभर्ट्जले सिजनका बाँकी खेल गुमाउने

२०८१, २ फाल्गुन शुक्रबार ११:४८

आर्सनलका जर्मन फरवार्ड काइ हाभर्ट्जले सिजनका बाँकी खेल गुमाउने भएका छन् । अभ्यासका क्रममा हाभर्ट्जको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।

क्लबका अनुसार उनको शल्क्रिया गर्नुपर्ने भएको छ । हाभर्ट्ज पनि नहुने भएपछि इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल थप समस्यामा पर्ने देखिन्छ ।

आर्सनलले यसअघि नै गाब्रियल जिसस र बुकायो साकालाई गुमाइ सकेको छ । गाब्रियलको एसिएल र साकाको ह्यामास्ट्रिङको शल्क्रिया गरिएको छ ।

यस्तै अर्का महत्वपूर्ण खेलाडी गाब्रियल मार्टिनेली पनि चोकका कारण कम्तिमा पनि एक महिना मैदान बाहिर रहने छन् । मार्टिनेली गत साता इएफएल कपमा न्युक्यासल युनाइटेडसँग खेल्दा घाइते भएका थिए ।

हाभर्ट्जले यस सिजन ३४ खेलमा १५ गोल गर्नुका साथै पाँच गोलका लागि अवसर सिर्जना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *