नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको छ ।

चितवनले एनएसएलको तेस्रो संस्करणका लागि विशाललाई रिटेन गरिएको जानकारी दियो । विशाल अघिल्लो संस्करणमा चितवनको मार्की तथा कप्तान थिए ।

चितवनले यसअघि नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड अञ्जन विष्टलाई मार्की प्लेयर बनाइसकेको छ । यस्तै, प्रशिक्षकमा भने नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ।

तेस्रो संस्करणको एनएसएल यही चैतमा हुँदै छ । सात टिमले प्रतिस्पर्धा गर्ने छन् । एनएसएलका लागि खेलाडी अक्सन पनि आउँदो शनिबार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *