सिवाइसी अत्तरियाका अलराउन्डर विवेक यादव अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनुका साथै १० विकेट लिएका थिए । उनले १ लाख रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलर फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल घोषित भए । उनले ५ खेलमा १ सय ६८ रन जोड्दै १३ विकेट लिएका थिए । उत्कृष्ट ब्याटरका लागि ५० हजार र उत्कृष्ट बलरको लागि ५० हजार गरी १ लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको उदयीमान खेलाडी डिसीए धनगढीका हिक्मत महरा भए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्दै सिवाइसी अत्तरिया अपराजित रहँदै उपाधि हात पारेको थियो ।
विजेता अत्तरियाले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता डडेल्धुराले ५ लाख रुपैयाँमा चित्त बुझायो ।


