विराटनगर । विराटनगर स्पोर्ट्स एकेडेमीले युवा राष्ट्रको लागि प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरस्थित जुटमिल मैदानमा शनिबार भएको फाइनल खेलमा बेलबारी फुटबल क्लबलाई १-० गोलले स्तब्ध बनाउँदै विराटनगरले उपाधि उचालेको हो । अबिशेक चौधरीले खेलको १२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

उपाधिसँगै विजेता विराटनगरले नगद ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । साथै उपाधि जित्ने टोलीका प्रत्येक खेलाडीलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख रुपैयाँ बराबरको बिमा प्रदान गर्यो । यस्तै उपविजेता बनेको बेलबारीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विराटनगरका गोलरक्षक प्रमिजय गच्छदार घोषित भए । उनले नगद २ हजार १ सय सहित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तर्फ बाट ५ लाख रुपैयाँ बराबरको बिमा प्राप्त गरे ।

यसअघि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आयोजक समितिलाई १ लाख रुपैयाँ बराबरको बिमा प्रदान गर्ने घोषणा गरेको थियो ।

युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *