स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
१० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि किलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे ।
पहिलो हाफमा अग्रता लिएको भएपनि रियलले दोस्रो हाफमा पेनााल्टीमार्फत अग्रता गुमाएको थियो । त्यसपछि गोल गर्न नसक्दा रियलले लगातार दोस्रो बराबरी खेलेको हो ।
खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा जुड बेलिंघमले रातो कार्ड पाउदै मैदान बाहिरि पछि रियल १० खेलाडीमा सिमित बन्यो । रेफ्रीमाथि अपशब्द शब्द प्रयोग गरेको आरोपमा बेलिंघमलाई सोझै रातो कार्ड दिइएको थियो ।
दोस्रो हाफको ५८औं मिनेटमा आन्टे बुडिमिरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र रियल मड्रिड अंक बाँड्न बाध्य भएको हो ।
बरापछि पनि रियल २४ खेलमा ५१ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओसासुना समान खेलमा ३२ अंकसहित सातौं स्थानमा छ ।
शनिबार नै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ । एट्लेटिकोले २५ खेलबाट ५० अंंक बनाएको छ । तेस्रो स्थानको बार्सिलोनाको २३ खेलबाट ४८ अंंक छ ।
शनिबार नै भएको अन्य खेलमा लेगानेस र अलाभेजले ३-३ को बराबरी खेल्दा भिलारियल र भ्यालेन्सियाले पनि १-१ को बराबरी खेले ।
