इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । लिभरपुलले शनिबार एफसी बर्नमाउथलाई २-० गोलले पराजित गर्दै लिगमा स्पष्ट ९ अङ्कको अग्रता लिएको हो ।
बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा लिभरपुुल जित दिलाउन दुबै गोल मोहमद सलाहले गरे ।
पहिलो हाफको ३०औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुल सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ७५औं मिनेटमा कर्टिस जोन्सको पासमा सलाहले दोस्रो गोल गर्दा मर्सिसाइड क्लब २-० ले विजयी भयो ।
सहज जितसँगै लिभरपूलले २३ खेलबाट ५६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानको आर्सनलको २३ खेलबाट ४७ अंक छ । पराजित बर्नमाउथ २४ खेलमा ४० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।
यस्तै, शनिबार भएका खेलमा नटिङघम फरेस्टले ब्राइटनलाई ७-० ले हराउँदा रेलिगेशन क्षेत्रमा रहेको साउथह्याम्पटनले इप्सविच टाउनलाई २-१ ले हरायो । यस्तै, वुल्भ्सले एस्टन भिल्लालाई २-० ले, फुलहमले न्यूक्यासल युनाइटेडलाई २-१ ले र एभर्टनले लेस्टर सिटीलाई ४-० ले हरायो ।
