स्पेनिस ला लिगामा लिग लिडर रियल म्याड्रिड स्तब्ध भएको छ । शनिवार राति भएको खेलमा रियल मड्रिड तुलनात्मक रुपमा इस्पानियोलसँग १–० ले स्तब्ध बनेको हो ।
इस्पानियोलको घरेलु मैदान घरेलु टोलीलाई जित दिलाउन कार्लोस रोमेरोले निर्णायक गोल गरे । उनले खेलको ८५औं मिनेटमा गोल गरेका थिए ।
हारसँगै शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियल २२ खेलमा ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
इस्पानियोलले २२ खेलबाट २३ अंक जोडेर तालिकाको १७ औं स्थानमा उक्लेको छ । रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ ।
शनिवार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २-० ले पराजित गर्दा भिल्लारियलले रियल भालाडोलिडलाई ५-१ ले हरायो । अर्को खेलमा गेटाफे र सेभियाले गोलरहित बराबरी खेले ।
