लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा फराकिलो जित निकालेको छ ।
आइतबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले इन्ट्रयाक्ट फ्रयांकफर्टलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा ओलिसले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा इतोले टोलीको अग्रता दोब्बर बनाए ।
मुसियालाले ८३औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको बायर्नको २३ खेलबाट ५८ अंक भएक्ल छ । पराजित फ्रयांकफर्ट समान खेलबाट ४२ अंकका साथ तेस्रो स्थानमा छ ।
