इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले जित निकालेको छ ।
आइतवार राती भएको खेलमा युभेन्टसले काग्लियारीलाई १-० गोलले पराजित गरेको हो ।
काग्लियारीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोभिचले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै युभेन्टस २६ खेलबाट ४९ अंक जोडेर तालिकाको चौथौं स्थानमा रहेको छ । पराजित काग्लियारीको २५ अंकका साथ १५औं स्थानमा रहेको छ ।
