स्पेनिस स्ट्राइकर अल्भारो मोराटा लोनमा एसी मिलानबाट गालातासारेमा अनुबन्ध भएका छन् । दुबै क्लबले आइतबार साँझ उक्त सम्झौताबारे घोषणा गरेका हुन् ।

गालातासारेले मोराटालाई सन् २०२६ को जनवरी २० सम्म लोनमा राख्न मिलानलाई ६ मिलियन युरो तिर्नेछ । साथै, उक्त सम्झौता स्थायी बनाउनका लागि आठ मिलियन युरोमा किन्ने विकल्प रहेको क्लबले जनाएको छ ।

यदि उक्त खरिद विकल्प सक्रिय गरियो भने मोराटालाई प्रतिसिजन ६ मिलियन युरो तलब दिइनेछ । ३२ बर्षीय स्ट्राइकर मोराटाले यसअघि चेल्सी, युभेन्टस, रियल मड्रिड र एथ्लेटिको मड्रिडमा पनि खेलेका थिए । उनले यो सिजन विभिन्न प्रतियोगितामा २५ खेल खेल्दै ६ गोल र दुई असिस्ट गरेका थिए ।

मोराटाको स्थान मिलानमा मेक्सिकन स्ट्राइकर सान्टियागो जिमेनेजले लिएका छन्, जो फेयेनोर्डबाट अनुबन्धित भएका हुन् । मिलानले जिमेनेजसँग सन् २०२९ को जुन ३० सम्मको सम्झौता गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *