प्रिमियर लिग क्लब एस्टन भिल्लाले फ्रेन्च क्लब पिएसजीका मिडफिल्डर मार्को एसेन्सियोलाई अनुबन्ध गरेको छ ।
भिल्लाले २९ बर्षीय स्पेनिस मिडफिल्डर एसेन्सियोलाई सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
सन् २०२३ मा स्पेनिस क्लब रियाल मड्रिडबाट पिएसजी पुगेको एसेन्सियोले ३१ फ्रेन्च लिग वान खेलमा ६ गोल गरेका छन् ।
यसैगरी एस्टन भिल्लाले प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीबाट रक्षक एक्सेल डिसासीलाई पनि सिजनको अन्त्यसम्मका लागि भित्र्याएको छ ।
एस्टन भिल्लाले जनवरी ट्रान्सफर विन्डोमा यसअघि नै मार्कस रासफोर्ड, डोनेएल मालेन र एन्ड्रेस गार्सियासँग सम्झौता गरिसकेको छ ।
