नेपालले महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो पाँचौं खेलमा थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरीसकेको छ । नेपालले यसअघि नेदरल्याण्ड्स र थाइल्याण्डसँग खेलेका २–२ खेलमा नै हार बेहोरेको हो । पहिलो जितको खोजीमा रहेको नेपाल तालिकाको पुच्छारमा छ ।
दोस्रो स्थानमा रहेको नेदरलयाण्ड्सको ४ खेलबाट ४ अंक छ । बाँकी दुई खेल जिते नेदरल्याण्ड्स पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।
यता चार खेलमा शत प्रतिशत नजिता निकाल्दै ८ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । थाइल्याण्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।
