त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
किर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको पाँचौ खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरीसकेको छ । नेपालले यसअघि नेदरल्याण्ड्स र थाइल्याण्डसँग खेलेका २–२ खेलमा नै हार बेहोरेको हो । नेपाल तालिकाको पुच्छारमा छ ।
दोस्रो स्थानमा रहेको नेदरलयाण्ड्सको ४ खेलबाट ४ अंक छ । बाँकी दुई खेल जिते नेदरल्यान्ड्सको पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।
यता चार खेलमा शत प्रतिशत नजिता निकाल्दै ८ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । थाइल्याण्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । सिरिजमा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् ।
