दुहबी मेयर कपः वडा नम्बर १० फाइनलमा

२०८१, १३ फाल्गुन मंगलवार ०८:२८

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १० फाइनलमा प्रवेश गरेको छ ।

सोमबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ८ लाई ३–२ ले हराउँदै वडा नम्बर १० उपाधि नजिक पुगेको हो ।

वडा नम्बर १० को जितमा नितिश चौधरी, कबिन्द्र कुमार चौधरी र कुन्जन कुमार चौधरीले गोल गरे । पराजित वडा नम्बर ८ का लागि भने अनिष बिष्ट र सिषम चौधरीले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर १० का भि. मुरमुर म्यान घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत मंगलबारको दोस्रो सेमिफाइनल खेल वडा नम्बर ५ र वडा नम्बर ७ बीच हुनेछ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन १५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *